नियम १०
न्यूनतम पारिश्रमिक निर्धारण समितिको काम, कर्तव्य र अधिकार
: ऐनको दफा २१ उपदफा (३) मा उल्लेखित काम, कर्तव्य र अधिकारका अतिरिक्त न्यूनतम पारिश्रमिक निर्धारण समितिको अन्य काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
(क) कामदार वा कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सिफारिश गर्ने ।
(ख) प्रचलित बजार मूल्यको स्थितिको अध्ययन, पुनरावलोकन एवं देशको वर्तमान अर्थिक, मौद्रिक तथा सामाजिक परिवेश र चियाबगानले दिन सक्ने क्षमतालाई समेत दृष्टिगत गरी खण्ड (क) बमोजिम सिफारिश गर्ने ।
(ग) कामदार वा कर्मचारीहरुको न्यूनतम पारिश्रमिक, पारिश्रमिकको वार्षिक वृद्धि दर, महँगी भत्ता वा अन्य सुविधाको निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने काममा सम्बन्धित विशेषज्ञहरुको राय लिने ।